Monday, November 23, 2009

मेरो दमेक


कुनै शाहीद्को सम्झनामा मौन धारण
गरिरहेको मान्छे जस्तै
चुपचाप उभिइरहेको छ
मेरो दमेक ।

कुनै निर्दोस् आँखा
जस्ता ताल बोकेर शिरमा
तल तल
बगिइरहेछन्
पैतलाका पसिनाहरु
कालीमा मिसिन

ढाडमा खुर्पेटोजस्तो
सिरबारी र कमल जैसी
बोकेर पारी धौलागिरी
हिमाललाइ जिस्काउदै
कम्मर मच्काउछ
मेरो दमेक

हजुर बाको
चोर औंला समातेर
हुर्केको फुच्छे
अहिले धुलो बाटोमा
मोटर कुदाउछ

आफु गरीब हुनुको पिडा
खप्न नसकेर हो कि शायद
अक्षरको मलमले घाउ निको नपारे पछी
मलेसिया,कतार,युरोप
उडनको लागि
पखेटा निर्माण गर्ने हतारोमा छ
मेरो दमेक ।

पैरोले घिसारेको पाखोमा
घाँस् काट्दै वाशिंट्न डि सि को
सपना देख्न थालेको छ यो
थाहा छैन अब आफ्नै हात काट्छ कि
सपना साकार पार्छ
मेरो दमेकले।
BY Bishnu Prawa Sapkota

Thursday, November 19, 2009

बिस्नु प्रवा सापकोटा

A short Introduction to Damek


Damek District, a part of Baglung district is one of the fifty nine VDC in Baglung
Damek is surrounded by Kushmisera, Payau Thanthap, Dudhila bhati,Sarkuwa,Rayadanda and Lekhani. It has many rivers and streams and so, many suspension bridges. It is a hilly VDC, most of the population settled in the sides of the rivers. Fertile planes situated in the either sides of the rivers are used for farming. Damek is also diverse in religion, culture, ethnicity, altitude, temperature etc. Hinduism and Buddhism are the major religions. Magar, Chhetri, Bramhan, Gurung, Chhantyal and Thakali are the main ethnic groups living in Damek. Highest temperature in the lowest altitude of Damek rises up to about 37.5 degrees Celsius in summer and the lowest temperature at Dhorpatan falls up to about −15 degrees Celsius in winter.
Damek is rich in herbal medicine plants. Rice, corn, millet, wheat and potato are the major crops of Damek. There were many mines in use in Damek in the past; stone mines being the most prevalent. But they are not in use for long time because of the heedlessness of the government.
Kushmi Sera Bazaar is the main trading centers of Damek. Damek is touched by raw roads. Damek is electrified by Nepal Electricity Authority and some other parts are electrified by small local hydroplants. Recently, telephone has been accessible in almost all villages of Damek.
Damek is considered to be one of the politically most conscious village and it plays a significant role in the Nepali politics.
By Bisnu Prawa Sapkota

Wednesday, November 18, 2009

उचित संरक्षणको पर्खाइमा रमणिय गाजा दह

भीम के सी कमल


बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र म्याग्दीसँग सिमाना जोडिएको बागलुङ जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । ३ संसदिय निर्वाचन क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङ जिल्लाको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो । बाहुन (२२.४१%) र क्षेत्री (१९.६१%) जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्ग र थकाली लगायतका जातीको समेत बसोबास छ । मनमोहक प्राकृतिक सुन्दरता भएको बागलुङ जिल्लामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष समेत रहेको छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थानहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन् । उचित प्रचार प्रसार र ब्यबस्थापनमा जोड दिन सके यि क्षेत्रमा ब्यबसायिक पर्यटनको विकास हुन सक्ने संभावनाहरु प्रशस्त छन् ।
बागलुङ जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको रमणिय पर्यटकीय स्थल गाजा दह बागलुङ सदरमुकाम देखि ७ कोष पश्चिम दमेक गाविसको वडा नं ९ मा पर्दछ । सो पर्यटकीय क्षेत्र गाजा दहबाट नेपालका धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका १८ भन्दा बढी हिमशृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । हालै गलकोट दुदिलाभाटी देखि-गाजा दह जोड्ने मोटरबाटो निर्माण भएबाट यस क्षेत्रको पर्यटकिय र ब्यपारिक महत्व समेत बढन थालेको छ।
निक्कै उच्च स्थानमा रहेर पनि अटुट पानी रहिरहने यो दह, गाजाको धुरि र त्यस वरिपरिको जंगल लगायतका मनमोहक दृश्यहरुले त्यहा पुग्ने जोसुकैको मन पनि स्वर्गिय आनन्दले पुलकित नभैरहन सक्दैन। गाजाको दहका वरपर बाक्लै रुखहरु छन् । रुखका पातहरु दहमा खस्छन् । तर त्यस दहमा झरेका पातपतिंगरहरु भने त्यहां रहन पाउदैनन् वा देखिन्नन् । ती पातपतिंगरहरु कहां जान्छन वा हराउछन् ? यो गाजा दहको एक आश्चर्यजनक विशेषता हो । भनिन्छ त्यस दहमा झर्ने पातपतिंगरहरु चराले तत्कालै टिपेर बाहिर लैजान्छन् । यस्ता विशेषताहरु अनेकौ हुन सक्छन गाजा दहका, त्यस्को खोजी गर्नु आवश्यकता छ ।
गाजाको दह एक ऐतिहासिक प्राकृतिक धरोहर हो । यस्को प्राकृतिक सुन्दरतामाथि बज्रपात हुन दिनु हुँदैन । गाजाको दह र त्यस्को वरपरको क्षेत्र केहि वर्ष पहिले कस्तो र कति थियो र अहिले कस्तो छ ? गाजाको दहको क्षेत्रफल अतिक्रमणले दिनानुदिन घट्दै गैरहेको छ । अतिक्रमण बढ्दै गएको तर्फ सम्बन्धित पक्षहरुले तत्कालै चासो राख्नु पर्ने आवश्यकता छ। गाजाको दहलाई संरक्षण नाममा विगतमा गरिएका कामहरुले दहको रमणीयतामा नकारात्मक प्रभाव त परेको छैन ? त्यतातर्फ पनि सबैले बिचार पुर्याउनु जरुरी छ।
गाजाको दहमा हरेक वर्षको कात्तिक बैकुण्ठ चतुर्दशीका दिन मेला लाग्ने गरेको छ। यसै परम्परागत मेलाको अवसरमा गाजादह संरक्षण तथा सामुदायिक विकास केन्द्रको आयोजनामा २ दिने प्रथम गाजा महोत्सव २०६६ यही कात्तिक १५ र १६ गते भब्यतापुर्बक सम्पन्न भयो । जनजाती महासंघका डा. ओम गुरुङ र सांसद परि थापा मगरले सयुक्त रुपमा उदघाटन गरेको प्रथम गाजा महोत्सव २०६६ मा हजारौं जनसमुदायको उत्साहजनक सहभगिता रहेको जानकारि प्रथम गाजा महोत्सव २०६६ मुल आयोजक समितिका संयोजक होमनाथ सापकोटाले दिएका छन्। महोत्सवको मुल उद्देश्य गाजा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रचार प्रसार गर्नु रहेको थियो । महोत्सवमा दोहोरी गीत, डुंगा शयर, पैदलमार्ग मार्फत हिमशृंखलाको अवलोकन, कृषि प्रदर्शनी, परम्परागत सोरठी नांच लगायत विविध कार्यक्रमहरु आयोजना गरिएको थियो ।
प्रथम गाजा महोत्सव २०६६ को आयोजना गरेर गाजादह संरक्षण तथा सामुदायिक विकास केन्द्रले गाजा क्षेत्रको प्रचार प्रसार र पहिचानमा उल्लेख्य सहयोग त पुर्याएको छ तर महोत्सवमा ब्यक्त सबैको भाबना र प्रतिबद्धता अनुसार गाजा क्षेत्रको संरक्षण र बिकासमा कसको कत्तिको इमान्दार प्रयास रहन्छ त्यो हेर्न भने केहि समय पर्खनै पर्ने हुन्छ ।